धनकुटा, १० भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले ओली नेतृत्वको सरकारले ल्याएका जनपक्षीय योजनाहरु वेवास्ता गरिए दबाबमुलक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले वर्तमान सरकारले ओली सरकारका योजनालाई उच्च प्राथमिकता दिन जरुरी रहेको बताए ।
एमालेले प्रतिपक्षमा रहेरै सरकारले ल्याएका जनहितका कार्यलाई साथ दिने भन्दै उनले ओली नेतृत्वको सरकारका महत्वपूर्ण योजना निरन्तरता नदिए दवाव दिन पछि नपर्ने उल्लेख गरे ।
ओली नेतृत्वको सरकार हटाएर कांग्रेस र माओवादीले गम्भीर गल्ती गरेको उनको दाबी थियो । संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुका साटो सरकार गिराउने काम गरेर गल्ती गरेको र लोकप्रिय भएकै कारण एमाले सरकारलाई गिराउने खेल भएको उनले बताए ।













प्रतिक्रिया