१९ कार्तिक २०८३, बिहिबार

भारतीय राजदूत अचानक किन गए मनाङ ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-ray-Indian

बेंसीशहर, १० भदौ । नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुग्नुभएको छ ।

भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुग्नुभएको हो ।

हेलिकप्टरबाट उहाँ बिहान १०.४५ बजे माथिल्लो मनाङ पुग्नुभएको हो । राजदूत राय विकट गाविस फू गाउँमा ओर्लने कार्यक्रम भए पनि खराब मौसमका कारण माथिल्लो मनाङमा अवतरण गराइएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।

राजदूत रायले भ्रमणका क्रममा ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्नुहुनेछ भने भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब रु तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको अवलोकन गर्नुहुनेछ । रासस