२ कार्तिक २०८३, सोमबार

‘फ्रि भिसा, फ्रि टिकट’बारे बोले नवनियुक्त श्रममन्त्री गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suryaman-gurung-1

काठमाडौँ, १० भदौ । नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रष्ट पार्नुभयो ।

वैदेशिक रोजगारको क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञाको विषय विवादमा रहेको आफूले पनि जानकारी पाएको भन्दै उहाँले यसबारे आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने बताउनुभयो ।

Suryaman-gurung

देशभित्रै रोजगारी सिर्जना गर्न तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

ताप्लेजुङबाट समानुपातिकमा सांसद हुनुभएको गुरुङ यसअघि विसं २०६९ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा समेत सामान्य प्रशासनमन्त्री र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको रुपमा काम गरिसक्नुभएको छ । रासस