२ कार्तिक २०८३, सोमबार

किन भेटे सुशील र प्रचण्ड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Prachanda

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा निर्धारित समयमै संविधान निर्माणका लागि हाल देखिएका विमतिलाई कसरी किनारा लगाएर अघि बढने भन्नेबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

छलफलमा एमाओवादी अध्यक्ष दाहालले चारबुँदे सहमति कार्यान्वयनको आफ्नो दलको मागलाई काँग्रेस र एमाले बेवास्ता गर्नु संविधान निर्माण र परिवर्तनलाई संस्थागत नगर्ने चालबाजी हो भन्दै सहमति जुटाउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणबारे दलबीच देखिएको विमति हटाउन आवश्यक पहल गर्ने आश्वासन दिनुभएको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले बताउनुभयो ।

छलफलमा अध्यक्ष दाहालले चारबुँदे सहमतिबाट पछि हट्नु परिवर्तनका कार्यसूचीलाई ओझेलमा पार्ने षड्यन्त्र भएको बताउँदै सहमति कार्यान्वयनका लागि सदनबाट दबाब दिइनेबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । चारबुँदे सहमति कार्यान्वयनको माग अघि सार्दै आएको एमाओवादीले आइतबार काँग्रेस र एमालेसँगको बैठक बहिष्कार गरेको थियो । रासस