११ कार्तिक २०८३, बुधबार

तातोपानी नाका खोल्न नेपाल नै अनिच्छुक रहेको चीनको नयाँ खुलासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tatopani-naka-china-nepalकाठमाडौं, १० भदौ । तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ ।

नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको छ । कान्तिपुरमा दैनिकले समाचार छापेको छ ।

सामान मात्र ल्याउने गरी नाका सुचारू गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ ।

त्यसका लागि प्रवन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ ।

न्योल (कुती) बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्ताव छ ।

तर त्यसमा नेपाल सरकारले तदारूकता नअपनाएको उसको गुनासो छ ।