काठमाडौं, ९ भदौ । उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीको प्रमुख बनेपछि काठमाडौंमा अवैध धन्दा गर्नेबाट रकम असुल्दै आएका घुमुवा प्रहरीको आतंक रोकिए पनि पछिल्लो समयमा भने पुनः घुमुवाहरुकै राज चल्न थालेको छ ।
हिरासतभित्र चरम यातना दिएर थुनुवाको मृत्यु प्रकरणमा दोषी ठहरिएका महानगरिय प्रहरी बृत्त बौद्धका डिएसपी विपीन रेग्मी बद्नाम घुमुवाहरु परिचालन गरी असुली धन्दा मच्चाउने प्रहरी अधिकारीका रुपमा चिनिन थालेका छन् ।
उनलाई थुनुवाको मृत्यु प्रकरणमा कारबाही स्वरुप सचेत समेत गराइएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
तर, बौद्ध प्रहरी बृत्तमा वर्षौंदेखि अवैध सुन तस्कर, जुवा अखडा, तिब्बती क्याम्पमा डर त्रास देखाई रकम असुल्ने घुमुवा संजिव दानीको चुरीफुरी देखेर प्रहरी अधिकारीहरु नै जिब्रो टोक्न थालेका छन् ।
केहि समय अघि कारबाही स्वरुप घुमुवाबाट हटाइएका दानीलाई रेग्मी प्रमुख भएर आएपछि पुनः उठन्तीमा खटाएको एक प्रहरी अधिकारीले बताए ।
तिब्बती क्याम्पमा डर त्रास देखाई उनले तिब्बतीहरुबाट मासिक रकम असुल्दै आएका छन् । डिएसपी रेग्मीकै निर्देशनमा उनले पैसा उठाउने गरेको बौद्ध प्रहरी स्रोत बताउँछ ।
दानीले संकाका भरमा सुन तस्करीमा संलग्न रहेको भन्दै असली सुन तस्करलाई भगाएर निर्दोषलाई पक्राउ गरी दुःख दिन थालेका छन् ।
उजुरी नै नपरेका व्यक्तिमाथि विभिन्न विल्ला भिराएर पक्राउ गरी हिरासतमा राखि आर्थिक मोलमोलाई गर्ने गरेको स्रोतको दावी छ ।















प्रतिक्रिया