११ कार्तिक २०८३, बुधबार

‘प्रचण्ड’को पुत्र मोहले बिग्रन थाल्यो सम्बन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand & Prakash Maoकाठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्र मोहका कारण दिन प्रतिदिन इमेज विग्रन थालेको छ ।

प्रचण्डले आफ्ना पुत्र प्रकाश दाहाललाई दोस्रो तहका स्वकीय सचिव बनाएपछि समस्या थपिन थालेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रचण्डसँग कसलाई भेट्न दिने, कसलाई भेट्न नदिने भनेर सबै चाँजोपाँजो पुत्र प्रकाशले मिलाउने गरेका छन् । राम्रो छवि नबनाएका प्रकाशको आचरण अहिले पनि सुधार हुन सकेको छैन भन्नेहरूमा धेरै माओवादीका कार्यकर्ता छन् ।

प्रकाशले आफ्नो स्वार्थका व्यक्तिलाई मात्रै बाबुसँग भेटाउने गरेका छन् । प्रधानमन्त्री कार्यालय होस् वा बालुवाटार या लाजिम्पाट मन लागेन भने कसैलाई भेट्न दिँदैनन् । उनले आफ्नो रिस फेसबुकबाट सार्वजनिक गरिहाल्छन् ।

उनको व्यवहारलाई ठीक म्याच हुने गरी पहिलो नम्बरका स्वकीय सचिव जोखबहादुर महरा परेका छन् ।

कसैको पनि फोन नउठाउने र उठाए पनि कुरा नसकिँदै फोन राख्ने व्यहारले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताका साथै काम परेर जानेहरू आजित बनेको माओवादीका एक नेताले बताए ।

जोखबहादुर र प्रकाशको व्यवहारबाट आजित बनेकाहरू अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष एवम् प्रचण्डका तेस्रो नम्बरका स्वकीय सचिव रमेश मल्लसँग पनि हैरान छन् ।

मल्लले प्रचण्डसँग भेट गर्न समय माग्ने व्यक्तिहरूलाई भेट नगराउने र अनावश्यक गफ दिएर फिर्ता पठाउने गरेको आरोप छ ।

प्रचण्डले आफ्नो सचिवालयमा राखेका सबै स्वकीय सचिवहरूको काम सन्तोषजनक नरहेको सबैले मनन गरिसकेको ति नेताले बताए ।