१ कार्तिक २०८३, आइतबार

इटालीको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पचास नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A woman is helped to leave his home by rescuers following a quake in Amatrice

अमात्रिस (इटाली), ८ भदौ । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५० भन्दा बढी पुगेको यहाँका अधिकारीले बताएका छन् ।

अमात्रिसका नगर प्रमुख सर्जियो पिरोजीले बताएअनुसार इटालीका तीन वटा सहरमा व्यापक मानवीय क्षति भएको आशङ्का गरिएको बताउनुभयो ।

भूकम्पले भत्काएका भवनका भग्नावशेषमा पुरिएर रहेका जीवितै हुनसक्ने मानिसको उद्धारमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ ।

सहरमा ठूलाठूला भवनहरुमा समेत भूकम्पका कारण क्षति पुगेको र केही पूर्णरुपमा भत्केका कारण भग्नावशेषभित्रै धेरै मानिस पुरिएको बताइएको छ ।

नगर प्रमुख पिरोजीले मृतक सङ्ख्यामा निकै वृद्धि हुनसक्ने बताउनुभयो । रासस/एपी