३१ आश्विन २०८३, शनिबार

राष्ट्रिय बक्सिङमा जेबी एकेडेमीको विजयी यात्रा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Boxing

काठमाडौं, ८ भदौ । काठमाडौंमा जारी चौथो राष्ट्रव्यापी महिला तथा पुरुष खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगितामा कञ्चनपुरको जेबी एकेडेमीको विजयी यात्रा जारी छ ।

बुधबार भएको खेलमा जेवीका पुस्कर नाथ ५२ केजी तौल समूहमा मकवानपुरका सुजन गौतमलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । उनी बिहीबार सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी भवानी नाथ योगी पनि बिहीबार क्वार्टरफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार जेवी एकेडेमीका प्रिन्सिपल जगदिश सेटी दमक बक्सिङ क्लबका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलमा जिते सेटी स्वर्णपदकका लागि प्रतिस्पर्धा गर्नेछन् । पराजय भएमा कास्यपदक पाउने कृष्ण जोशी बक्सरले बताए ।

अन्तर्राष्ट्रिय खेलकुद परिषद् सादोबाटोको आयोजनामा मंगलबार सुरु भएको प्रतियोगिता ११ गतेसम्म चल्नेछ ।