१९ कार्तिक २०८३, बिहिबार

पत्रकार महासंघको बैठक पार्षदहरुबाट पनि बहिस्कार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fnj-logoबिर्तामोड, ८ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखामा आबद्ध कार्यसमिति र केन्द्रीय पार्षदहरुले नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै बैठक बहिस्कार गरेका छन् ।

आज महासंघको कार्यालयमा आयोजना गरिएको पार्षदसहितको छलफलमा अध्यक्ष र उपाध्यक्षले १२ जना केन्द्रीय पार्षदले निवेदनमा माग गरेको विषयमा छलफल गराउनको साटो विषयान्तर गरेर मूल विषयलाई बेवास्ता गरेका कारण र माग सुनवाई गर्ने तत्परता नदेखाएकाले बैठक बहिस्कार गर्नु परेको आजै जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कार्यसमितिका सहसचिव र ५ जना सदस्य तथा दर्जन हाराहारी केन्द्रीय पार्षदले हस्ताक्षर गरेर आज जारी प्रेस विज्ञप्तीमा ‘हामी पत्रकारहरुको सुरक्षामा महासंघ दरिलो रुपमा पेश हुनुपर्ने मान्यता राख्तै शाखाको मुख्य नेतृत्वलाई आफ्नो उक्त पदीय जिम्मेवारी नभुल्न आग्रह गर्दछौं र, यस विषयमा नेतृत्व गम्भीर बनेर आवश्यक कदम चाल्न जोडदार माग गर्दछौं’ भनिएको छ ।

जारी विज्ञप्तीमा पत्रकार महासंघमा उत्पन्न विवादहरु तत्काल छानवीन गरी ७ दिनभित्र सम्बन्धित दोषीलाई कारवाही गर्न पुनः माग दोहोर्याउँदै सो अवधिमा पनि दोषीलाई कारवाही नगरे आइपर्ने कुनै पनि परिस्थितिको जिम्मेवार नेतृत्व स्वयम् बन्नुपर्ने चेतावनी पनि दिइएको छ ।

केही समययता महासंघको नेतृत्वमा रहेकाहरुबाटै सदस्य पत्रकारहरुकाविरुद्ध विभिन्न बहानामा लगातार आक्रमण भइरहेको छ । यो तथ्यलाई देखेको नदेख्यै गरेर महासंघको मुख्य नेतृत्व गैर जिम्मेवार हर्कत प्रदर्शन गरिरहेको छ ।

पत्रकारहरुको चरित्रहत्या, पेशागत असुरक्षालगायतका गम्भीर विषयमा सम्वेदनशील बन्न आग्रह गर्दै महासंघका केन्द्रीय पार्षदहरुले निवेदन दिँदासमेत नेतृत्वले ध्यान नदिएको कारण बैठक बहिस्कार गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।