१९ कार्तिक २०८३, बिहिबार

महिला बलात्कार गर्नेलाई १० बर्ष जेल, १० हजार क्षतिपूर्तिको फैसला

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail

उदयपुर ८ भदौ । ३५ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका उदयपुरका एक युवालाई बुधबार जिल्ला अदालत उदयपुरले १० बर्ष कैद र १० हजार क्षतिपुर्तीको फैसला सुनाएको छ ।

न्यायाधिश महेन्द्रबहादुर कार्कीको एकल इजालासले त्रियुगा नगरपालिका ५ वेहेडवाका ३५ बर्षीय शुभकरण चौधरीलाई कैदसँगै पीडितको हकमा १० हजार क्षतिपुर्ती उपलब्ध गराउन आदेश दिएको हो ।

चौधरीले ०७३ जेठ ३२ गते पीडितका पति घरमा नभएको मौकाछोपी बलात्कार गरेका थिए । घटनासँगै पीडितले असार १ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोमा प्रहरीले सोही दिन आबश्यक प्रमाणका लागि जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

पीडितको निवेदनसँगै चौधरीलाई प्रहरीले असार १ गते घरबाटै पक्राउ गरेको थियो । चौधरीलाई यसअघि अदालतले असार २७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।