१९ कार्तिक २०८३, बिहिबार

धार्मिक वनभित्र शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी ( मोरङ), ८ भदौ । मोरङको पथरी शनिश्चरे– ८ स्थित सिरिजङ्गा धार्मिक वनभित्र आज दिउँसो हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

पथरी शनिश्चरे – १ घर भएका ३५ वर्षीय गोविन्द दर्नाललाई खुकुरी प्रहार गरेर हत्या गरी फालेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

दर्नालको गएराति नै कसैले हत्या गरेर शव फालेको हुनसक्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । रासस