१९ कार्तिक २०८३, बिहिबार

म्यान्मारमा शक्तिशाली भूकम्प, काठमाडौं पनि हल्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

quake_india

काठमाडौं, ८ भदौ । म्यान्मारमा बुधबार दिउँसो गएको शक्तिशाली भूकम्पको धक्का राजधानी काठमाडौंसहित नेपालमा पनि महसुस गरिएको छ ।

अमेरिकी भूगर्व केन्द्रको मापन अनुसार दिउँसो ४ बजेर १८ मिनेटमा ६.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसँगै थाइल्याण्ड, भारतको गुहावटी, कोलकत्ता, राँची र पटनालगायतका स्थानमा महसुस गरिएको छ ।

भूकम्पको इपिसेन्टर भारतीय सीमाभन्दा ५०० किमी पर म्यानमारमा भएको बताइएको छ । करिब १० सेकेण्डसम्म आएको भूकम्पले कोलकोत्ता र गुहाटीका स्थानीय घर छोडेर बाहिर निस्किएका थिए । भूकम्पले म्यानमार बगानस्थित मन्दिर भत्किएको जनाइएको छ ।

यसअघि बुधबार विहान इटलीमा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट ३७ जनाको मृत्यु भइसकेको छ ।