१९ कार्तिक २०८३, बिहिबार

कृष्णअस्टमी ब्रत बस्नाले पाप काटिने, घरमा लक्ष्मी स्थिर हुने: ज्योतिष

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ज्योतिष सिटौला
ज्योतिष सिटौला

काठमाडौं, ८ भदौ । प्रचलित ज्योतिष गणना अनुसार भोली अमान्त चन्द्रमासको साउनकृष्ण अस्टमी र पुर्णिमान्त चन्द्रमासको भाद्रकृष्ण अस्टमी तिथी पर्दछ। यस दिन द्वापर युगका अन्त्यमा जन्मिएका कृष्णको ब्रत बस्ने कुराको व्याख्या पुराणहरुमा गरिएको छ ।

यस दिनको ब्रत बस्नाले पाप काटिने, घरमा लक्ष्मी स्थिर हुने, सवै कार्य सिद्ध हुने, अरिस्ट शान्ती हुने, सर्व मंगल हुने भन्ने पुराणमा छ्। यस दिन स्त्री, पुरुष, बालक युवक देखी सबै वर्णकाले ब्रत बस्न सक्छन। तर हामीकहा महिलाहरुले बढी ब्रत बस्ने गरेको देख्न पाईन्छ।

कृष्णअस्टमी ब्रत बस्नेले अघिल्लो दिन सप्तमीमा एक छाक हविस्य (खिर) खाएर आफ्नी इन्द्रियलाई जितेर बसी अस्टमीका दिन बिहान नदीमा तिलको पिनाले सनान गरेर राम्रो सिङारिएको देवकिको सुतिका गृह बनाएर बिचमा कृष्णलाई स्तनपान गराउदै सुतेकी देवकिको सुन चादि आदिले बनेको प्रतिमलाई मन्चमा राखेर बिधी पुर्वक पूजा गर्नु पर्दछ।

त्यस्तै अरु देवी देवताको पनि पूजा गर्ने, नाच गाना, भजन किर्तन गर्ने र अस्टमिको रात पुरै जाग्राम बस्नु पर्ने हुन्छ। अनी भोली पल्ट नवमिको दिन भागवतीको पूजा गर्ने । उत्सव गर्ने दीन दुखीहरुलाई बस्त्र अन्न दान गरिसके पछी मात्र आफुले खान पर्ने हुन्छ। तर हाम्रो समाजमा यसरी बिधी बिधान पुरयाएर गर्ने गरेको चाँही देखिदैन ।

patan-krishna-mandir

तर, अर्को महत्वपूर्ण कुरा लघु स्‍मृति पुराणलाई नै आधार मान्ने हो भने कृष्ण अवतार दिव्य अवतार नभएकन श्रापमुलक अवतार मात्र भएको हुनाले वेदका अनुयाही एवम ब्राह्मणहरुको लागि चाँही पूजा आराधानाका लागि अयोग्य हुन भन्ने पनि देखिन्छ। कृष्ण जन्माष्टमीका अवसरमा नेपालका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनकहरुको घुइचो लाग्ने गर्दछ । त्यस्तै यसै दिन ललितपुर, पाटनको कृष्ण मन्दिर लगायत देशभरका राधाकृष्ण मन्दिरहरुमा आज भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ।

ज्योतिष सुनील सिटौलाको सहयोगमा