काठमाडौँ, ८ भदौ । जिल्ला वन कार्यालय काठमाडौँले आर्थिक वर्ष २०७२-७३ मा ३२७ जीवित वन्यजन्तुको उद्वार गरेको छ ।
कार्यालयका जिल्ला वन अधिकृत डा इन्द्रप्रसाद सापकोटाले जिल्लाका विभिन्न क्षेत्रमा वन्यजन्तु घाइते, घरभित्र पसेको, अलपत्र परेको अवस्थामा उद्वार गरिएको बताउनुभयो ।
उद्वार गरिएका वन्यजन्तुमध्ये चराचुरुङ्गी एकसय ६५, कछुवा एकसय ४०, हुँचील सात, चितुवा पाँच, बाँदर चार, नीरबिरालो एक, चरिबाघ एक, स्याल एक, जरायो एक, चित्तल एक, दुम्सी एक र कोब्रा सर्प एक रहेका छन् ।
उद्वार गरिएका वन्यजन्तुमध्ये घाइते र बिरामीलाई सदर चिडियाखाना र राम्रो अवस्थामा रहेका वन्यजन्तुलाई शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पठाउने गरिएको जिल्ला वन अधिकृत सापकोटाले बताउनुभयो । उहाँले वासस्थान र खानेकुराको कमी हुँदा वन्यजन्तु बस्तीमा पस्ने गरेको स्पष्ट पार्नुभयो ।
सो अबधिमा कार्यालयले एक वनविरालो र एक चित्तल मरेको अवस्थामा फेला पारेको हो । उद्वार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै गोलढुङ्गा, थानकोट, नागार्जुन क्षेत्रबाट रहेको छ । रासस













प्रतिक्रिया