१ कार्तिक २०८३, आइतबार

इटालीमा शक्तिशाली भूकम्पः आधा सहर ध्वस्त, धेरै क्षति भएको आश‌ंका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Italy-earthquake-1

काठमाडौं, ८ भदौ । इटालीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कैयनको ज्यान गएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा कम्तीमा ६ जना व्यक्ति मारिएको अनुमान गरिएको छ । मध्य इटालीमा गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको भएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । स्थानीय समय अनुसार विहान ३ बजेर ३६ मिनेटमा भूकम्प गएको थियो ।

Italy-earthquake-photo-1

मध्य इटालियन शहर अकुमोलीका मेयरले भूकम्पबाट कैयन भवनहरु नराम्ररी ध्वस्त भएको जनाएका छन् । मेयरले भने – ‘चार जना मान्छेहरु भत्किएका भवनमा पुरिएका छन् । उनीहरु जीवितै रहेको कुनै संकेत छैन । दुईजना बाबुआमा र उनीहरु दुईजना बच्चाहरु भग्नावशेसमा नै पुरिएका छन् ।’

People stand along the road following a quake in Amatrice

स्थानीय प्रहरीका अनुशार पेस्कारा डेल ट्रोन्टो नजिक दुईजनाको ज्यान गएको छ । सानो शहर एम्ट्राइसमा ठूलो क्षति भएको जनाइएको छ । आधाजसो शहर ध्वस्त भएको त्यहाँका मेयरले जानकारी दिएका छन् । त्यहाँ मान्छेहरु पुरिएको, पहिलो गरेको र पुलहरु भत्केका जनाइएको छ । एकजना स्थानीय लिना मेर्कान्टिनीले भने – ‘भूकम्प अत्यन्तै शक्तिशाली थियो । कोठामा हामी सुतेका विस्ताराहरु आफै यताउता हिडेका थिए ।’

ठूलो भूकम्पको झण्डै एक घण्टापछि ५ दशमलव ५ म्याग्निच्युटको पराकम्प गएको थियो । सन् २००९ मा इटालीमा गएको भूकम्पमा ३ सय भन्दा धेरैको ज्यान गएको थियो ।

A woman is helped to leave his home by rescuers following a quake in AmatriceA body is covered by cloth next to rubble following a quake in Amatrice Rescuers work at a collapsed house following a quake in Amatrice