– कृष्ण ओझा
पाँचथर, ८ भदौ । पाँचथरको नवमीडाँडा गाविसको कार्यालयबाट विभिन्न शिर्षकमा छुट्टिएको बजेट तथा स्थानीय सिद्धदेवी उच्च माध्यमिक विद्यालयमा शिक्षकको पारिश्रमिकमा अनियमितता भएको भन्दै स्थानीय युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
सूचनाको हक २०६४ लाई प्रयोग गर्दै नवमीडाँडा गाविस, जिल्ला विकास समितिको कार्यालय पाँचथर, जिल्ला शिक्षा कार्यालय पाँचथर, नेपाल विद्युत प्राधिकरण इलाम लगायतबाट ती बिषयका प्रमाणहरु जुटाई उजुरी दर्ता गरिएको स्थानीय युवा राजेन्द्र आङ्देम्बेले वताए ।
युवाहरुले विभिन्न ९ बिषयमा गाविसको कार्यालयबाट छुट्टिएको बजेट अनियमितता भएको तथा सिद्धदेवी उच्च माविका एक शिक्षक मानसिक सन्तुलन गुमाई वेपत्ता भएको ४ बर्षसम्म विद्यालयले तलब भत्ता जिल्ला शिक्षा कार्यालयबाट बुझेर रकम हिनामिना गरेको युवाहरुको आरोप छ ।
स्थानीय राजेन्द्र आङ्देम्बेको संयोजकत्वमा, राजु आङ्देम्बे, नारायण तिम्सिना र प्रकाश आङ्देम्बेले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै गाविस तथा विद्यालयमा भ्रष्टाचार भएको तथा यस बिषयमा अख्तियारमा उजुरी गरिएको बताए ।
युवाहरुले आर्थिक बर्ष २०६९–०७० मा सामुदायिक प्रजनन नश्ल सुधार कार्यक्रमअन्तर्गत स्थानयि गोपल घिमिरेलाई ६० हजार रुपैँया दिएकोमा निजले कार्यक्रम नगरी सबै रकम गाविस सचिव भेषराज दाहाललाई फिर्ता दिएको तर गाविस सचिवले गाविसको खातामा जम्मा नगरेको, सोहि आर्थिक बर्षमा विद्युतिकरणका लागि नवमीडाँडागाविसका विभिन्न वडामा छुट्टा छुट्टै ३ लाख ४९ हजार र २ लाख ३३ हजार रुपैँयाछुट्टिएकोमा स्थानीय उपभोक्ताहरुले आफ्नै लगानीमा विद्युत विस्तार गरेको तर,स्थानीयको लगानी फिर्ता गर्ने भन्दै गाविस सचिवले उक्त रकम स्थानीयलाई नदिएको उनीहरुको आरोप छ ।
यस्तै आर्थिक बर्ष २०७०–०७१ मा ट्रान्सफर्मर खरिद गर्न सांसद भिष्मराज आङ्देम्बेले संसद विकास कोषबाट रकम विनियोजन गरिदिएकोमा गाविसले नै उक्त ट्रान्सफर्मर खरिद गरेको भनी २ लाख ५० हजार रुपैँया अनियमितता गरिएको, सोहिआर्थिक बर्षमा प्रजनन नश्ल सुधार सामाग्री खरिद गर्न भनि २ लाख ९४ हजार रुपैँया छुट्टयाइएकोमा कुनै कार्यक्रम नै नगरी सबै रकम हिनामिना गरेको र नक्कली बिलभरपाई पेश गरेको युवाहरुले प्रेषित गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै आर्थिक बर्ष २०७१–०७२ मा प्रजनन नश्ल सुधार कार्यक्रम अन्तर्गत छुट्टयाइएको १ लाख ९१ हजार रुपैँया स्थानीय होमप्रसाद आङ्देम्बे अध्यक्ष, छविरमणहुमागाई सचिव र गोविन्दप्रसाद न्यौपाने कोषाध्यक्ष रहि तत्कालिन गाविस सचिवभेषराज दाहालसँग मिलेर सुगुर, राँगा खरिद गरेको र वितरण गरेको किर्ते भरपाई बनाई रकम हिनामिना गरेको, आर्थिक बर्ष २०७२–०७३ मा विद्युतिकरणका लागि गाविसको वडा नं. १, ४ र ५ का लागि २ लाख १३ हजार र वडा नं. ६, ८ र ९ का लागि २ लाख रकम छुट्टयाइएकोमा कुनै काम नगरी रकम हिनामिना गरिएको भन्दै अख्तियारमा उजुरी दिइएको हो ।
यस्तै गत आर्थिक बर्षकै गाविसबाट लक्षीत अन्र्तगत महिला तथा बालिबालिकाको शिर्षकमा छुट्टिएको रकम सम्बन्धित क्षेत्रमा खर्च नगरी दुरुपयोग गरेको, जिविस र नेपाल विद्युत प्राधिकरणबाट अनुदानमा प्राप्त विजुलीका पोलहरु समेत खरिद गरिएको भनी नक्ली विल भरपाई बनाई बजेट हिनामिना गरिएको, स्थानीय तिजोक युवा क्लबलाई २०६८ सालबाट बर्षेनी प्रदान गरिँदै आएको रकमको कुनै हिसाब किताब नै नराखी भ्रष्टाचार गरिएको युवाहरुको आरोप छ ।
यस्तै स्थानीय सिद्धदेवी उच्च माविमा निमावि तहमा कार्यरत अंग्रजी बिषयकाशिक्षक शम्भु ढुङ्गेल मानसिक सन्तुलन गुमाई २०६५ कात्तिकबाट वेपत्ता भएकामा विद्यालयले२०६९ मंसिरमा मात्रै जिल्ला शिक्षा कार्यालय पाँचथरमा वेपत्ता भएको जानकारीप्रमाणिकरण गरेको र उक्त अवधिको तलब, भत्ता ढुङ्गेलकै नाममा निकासा गरीअनियमितता गरेको उनीहरुको आरोप छ । जिल्ला शिक्षा कार्यालय पाँचथरले समेत ढुङ्गेलकै नाममा उक्त अवधिसम्म रकम निकासा भएको प्रमाणित गरेको युवाहरुकोभनाई छ । यस्तै २०७० सालमा उक्त रिक्त दरबन्दीमा प्रकृया नपुर्याई लियन पदमा नियुक्ती दिई नीतिगत भ्रष्टाचार गरेको युवाहरुको आरोप छ ।
गाउँ परिषद समेत दबावमा सम्पन्न गर्ने तथा गुण्डागर्दी शैलीमा गाविसका निर्णयहरु गर्ने गरिएको आरोप स्थानीय राजु आङ्देम्बेले लगाए । उनले आफुहरुलाई प्रमाण सहितका बिषयमा अख्तियारमा उजुरी नदिन धम्की दिइएको तथा प्रलोभन देखाइएको वताए । स्थानीय इलाका स्वास्थ्य चौकीका कर्मचारीलाई विभिन्न शिर्षकको २४ हजार रुपैँया उपलब्ध गराउन स्थानीय होमप्रसाद आङ्देम्बे नमानेपछिअनियमितताको खोजी गर्न आफुहरु लागि परेको युवाहरुको भनाई छ ।
उनीहरुले गाविस स्तरमा भएका अनियमितताको खोजीका लागि जुट्न प्रेस विज्ञप्ती मार्फत आह्वान समेत गरेका छन् ।













प्रतिक्रिया