११ कार्तिक २०८३, बुधबार

प्रचण्डसँग किन रिसायो चीन ? तातोपानी र केरुङ जान अब भिसा लिनुपर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korala-file-काठमाडौं, ८ भदौ । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ । सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरु गरेको हो ।

यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, सीमा क्षेत्रमा तस्करीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो । केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ ।

भारतको नाकाबन्दी तथा तातोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधि बढेका छन् । तैपनि, उत्तरी सीमाको सुरक्षामा सरकारले ध्यान दिन सकेको छैन ।

उत्तरतर्फका नाकाबाट वन्यजन्तुका अंग, लागुऔषध, डलरलगायत सामानको तस्करी बढेको प्रहरी अधिकारी बताउँछन् । चीनको सीमानाकाको कमजोर सुरक्षाकै कारण नेपाल वन्यजन्तुका अंगको ओसारपसारको मुख्य ट्रान्जिट बन्दै गएको छ ।

वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का डिएसपी प्रवीण पोखरेलका अनुसार दार्चुलाको तिंकर र हुम्लाको हिल्सा नाकाबाट वन्यजन्तुका अंग चीनमा तस्करी हुने गरेको अनुसन्धानमा खुल्ने गरेको छ ।

यस्तो तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । तिंकर यस्तो नाका हो, जहाँ हिउँ पर्ने भएकाले ६ महिना त प्रहरी नै बस्न सक्दैन । तिंकर नाकासँग चीन मात्र होइन, भारतको समेत सीमा जोडिने भएकाले उक्त नाकाबाट अवैध गतिविधि बढेका हुन् ।

केरुङ नाकाबाट लागुऔषधसमेत तस्करी हुन थालेको छ । दुई महिनाअघि केरुङ नाका हुँदै कोकिन तस्करी गर्न आएकी चिनियाँ युवती दोङ दोङ पक्राउ परेकी थिइन् ।

नेपालबाट चीनमा चरेससमेत जान थालेको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) का अधिकारी बताउँछन् । त्यस्तै, नेपालबाट ठूलो मात्रामा चीनमा डलर तस्करी हुँदै आएको छ । चिनियाँहरू पटक–पटक सीमा क्षेत्रमा डलरसहित पक्राउ पर्दै आएका छन् । एक दशकयता रक्तचन्दनको तस्करी हुँदै आएको छ ।