११ कार्तिक २०८३, बुधबार

यस्ता छन्, प्रदेश हाँक्ने एमाले कमान्डर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meetingकाठमाडौं, ८ भदौ । एमालेले सातवटै प्रदेशमा प्रदेश संयोजक र सहसंयोजक चयन गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मंंगलबार सम्पन्न स्थायी समिति बैठकले प्रदेश संगठन कमिटी गठनलाई पूर्णता दिादै सातै प्रदेशका संयोजक र सहसंयोजक चयन गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रदेश कमिटी बनेपछि झन्डै पााच सय नेतारकार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन् । तीन प्रदेश संयोजकमा उपाध्यक्षहरू युवराज ज्ञवाली, भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य छानिएका छन् ।

त्यस्तै, उपमहासचिव विष्णु पौडेल र सचिव भीम आचार्य, स्थायी समिति सदस्यद्वय किरण गुरुङ र सत्यनारायण मण्डल पनि संयोजक चुनिएका छन् ।

पाँच सयलाई नया जिम्मेवारी

बैठकले सर्वसम्मत संयोजक र सहसंयोजक चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । नयाा सांगठनिक ढााचामा रूपान्तरणसागै प्रदेश कमिटी चलायमान बन्ने उनको भनाइ छ ।

गत ६ असारमा बसेको स्थायी समिति बैठकले प्रदेश संगठन कमिटी गठन गर्दै करिब पााच सय नेता–कार्यकर्तालाई सदस्यको जिम्मेवारी दिएको थियो ।

तर, संयोजक चयनबारे संस्थापन र नेता नेपाल पक्षीय नेताहरूबीच कुरा नमिल्दा कमिटीलाई पूर्णता दिन ढिलाइ भएको थियो । संस्थापनले स्थायी समिति सदस्यबाट, नेपाल पक्षले पदाधिकारीबाट संयोजक बनाउनुपर्ने अडानबीच एमालेले सर्वसम्मत रूपमा प्रदेश कमिटी गठनलाई पूर्णता दिएको हो ।

प्रदेश संगठन कमिटीमा सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला कमिटीका अध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य संगठन कमिटी सदस्य हुनेछन् ।

एउटा प्रदेशमा ५० देखि सयजनासम्मको कमिटी निर्माण भएको छ । प्रदेश संगठन कमिटीको बैठकबाट सचिव चयन हुने एमालेले जनाएको छ ।

यस्ता छन्, प्रदेश हाँक्ने एमाले कमान्डर

प्रदेश–१ संयोजक– भीम आचार्य सहसंयोजक– शेरधन राई प्रदेश–२ संयोजक– सत्यनारायण मण्डल सहसंयोजक– नागेन्द्र चौधरी प्रदेश–३ संयोजक– अष्टलक्ष्मी शाक्य सहसंयोजक– काशीनाथ अधिकारी प्रदेश–४ संयोजक– किरण गुरुङ सहसंयोजक– गणेश तिमल्सिना प्रदेश–५ संयोजक– विष्णु पौडेल सहसंयोजक– दलबहादुर राना प्रदेश–६ संयोजक– युवराज ज्ञवाली सहसंयोजक– यामलाल काडेल प्रदेश–७ संयोजक– भीम रावल सहसंयोजक– कर्ण थापा

संयोजकमा नेपाल, सहसंयोजकमा संस्थापन हाबी

सात प्रदेश संयोजकमध्ये ज्ञवाली, रावल, शाक्य र आचार्य नेता माधव नेपालनिकट हुन् भने पौडेल र मण्डल संस्थापननिकट मानिन्छन् । गुरुङ भने वामदेव गौतमनिकट हुन् । त्यस्तै, सहसंयोजकहरूमध्ये पोलिटब्युरो सदस्यहरू शेरधन राई, काशीनाथ अधिकारी, गणेश तिमल्सिना र कर्णबहादुर थापा संस्थापन, नागेन्द्र चौधरी नेपाल तथा यामलाल काडेल र दलबहादुर राना उपाध्यक्ष गौतमनिकट मानिन्छन् ।