काठमाडौ, ९ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको सत्ता साझेदार चार दलको बैठकमा नयाँ संविधानका अन्तरवस्तुबारे साझा धारणा बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेकाृे सत्ता साझेदार दलको बैठकमा सत्ता साझेदार दलहरुले साझा धारणा बनाएर अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेका छन् ।
बैठकमा सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेका नेता सहभागी थिए ।
बैठकमा राप्रपा र मालेका नेताहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए । सरकार गठन भएको सात महिनापछि मात्र आफूहरुसँग परामर्श गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
ती दलले एमाओवादीसहितका दलहरुसँग वार्ता र छलफल गर्दा आफूहरुलाई पनि सहभागी गराउन माग गरेका थिए ।
बैठकमा एमाओवादी अध्यक्षलाई उच्चस्तरीय राजनीतिक समितिको जिम्मेवारी दिने–नदिने विषयमा पनि छलफल भएको थियो ।















प्रतिक्रिया