१९ कार्तिक २०८३, बिहिबार

महिला सङ्घको महाधिवेशन भदौ २९ गते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Mahila Sangh Congressकाठमाडौं, ८ भदौ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन हुन बाँकी भ्रातृ संस्थाको महाधिवेशन शीघ्र गर्न निर्देशन दिएपछि महिला सङ्घले तयारी थालेको हो ।

महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको केन्द्रीय सदस्य तथा मिडिया संयोजक निर्मला क्षेत्रीले जानकारी दिनुभयो । महाधिवेशन तोकिएकै समयमा सम्पन्न गराउन पार्टीले निर्देशन समितिसमेत गठन गरिसकेको छ ।

नेता एनपी साउदको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहनुभएको छ । रासस