२९ आश्विन २०८३, बिहिबार

सोमबार नेप्से परिसूचक ३७.६१ अंकले घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-stockकाठमाडौ, ९ भदौ । साताको दोस्रो दिन नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से ३७.६१ अंकले घटेर  ९४७.८४ अंकमा झरेको हो ।

सोमबारको कारोबारमा उत्पादनमुलक समुहको सूचक ०.८३ अंकले बढेको छ । बाँकी सबै समुहगत सूचकहरु उच्च अंकले घटेका छन् ।

नेप्सेमा दुईतिहाइ हिस्सा भएको वाणिज्य बैंक समूहको सूचक ३६.७ अंकले घटेको छ । सोमबार वाणिज्य बैंक समुहको २० करोड ९३ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी सोमबारको कारोबारमा बीमा समूहको सूचक सबैभनदा बढी २६४.७४ अंकले घटेको छ । यो समुहको ३ करोड १ लाख रुपैयाँको कारोबार भयो ।

जलविद्युत समुहको सूचक १४०.८१ अंकले घटेको छ ।

त्यसैगरी विकास बैंक समुहको सूचक २२.४ अंकले, वित्त कम्पनी समुहको ७.४ अंकले, होटल समुहको ०.५३ अंकले र अन्य समुहको ५.८७ अंकले घटेको छ ।

यो दिन नेप्सेमा १ सय १९ कम्पनीका ८ लाख ९९ हजार कित्ता सेयर ४४ करोड ७ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

सोमबारको कारोबारबाट लाइफ इन्योरेन्स कम्पनी, एसियन लाइफ इनस्योरेन्स, रिलायवल डेभलपमेन्ट बैंक, प्राइम लाइफ इनस्योरेन्स, मितेरी डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाए ।

त्यसैगरी नागबेली लघुवित्त विकास बैंक, पश्चिमाञ्चल फाइनान्स, मल्टिप्रपोज फाइनान्स, बिराटलक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।