३० आश्विन २०८३, शुक्रबार

झापामा पूर्व अञ्चालाधीशको संयोजकत्वमा लावती समूहको नयाँ कमिटी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RPP-Nepalराजकुमार ओली
झापा, ९ भदौ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापासँग विद्रोह गरी नयाँ समूह गठन गरेका सह–अध्यक्ष पद्मसुन्दर लावती समुहले पञ्चायतकालिन अञ्चालाधीश प्रजापति कोइरालालाई झापा जिल्ला कमिटीको संयोजक बनाएको छ ।

पार्टी सृढदीकरणको अभियान सञ्चालन गर्ने भन्दै कोइरालाको संयोजकत्वमा १७ सदस्यीय  झापा  जिल्ला कमिटी गठन गरेको हो ।

झापाको विर्तामोडमा राप्रपा नेपालका पुर्व केन्द्रीय सदस्य घनेन्द्र शुव्वाको अध्यक्षतामा वसेको भेलाले उक्त कमिटी गठन गरेको हो ।

कमिटीमा सह–सयोजक निता शर्मा र सिता काफले रहनु भएको छ ।

त्यसैगरी सचिवमा भुपाल बस्नेत, सहसचिव  चेतराज थापा  रहनु भएको छ ।

सदस्यहरुमा छविरमण थापा, मरिचमान भुजेल, दुर्गा रिजाल, बमप्रसाद चम्लागाँई, बलबद्र कोइराला, इन्दिरा राई, नगेन्द्र चौहान, रामचन्द्र बानिँया, महेन्द्रविक्रम कार्की, गोविन्द अधिकारी गुलाफ, तारा अधिकारी, कृष्ण बुढाथोकी र गोपीकृष्ण खनाल  रहनु भएको छ ।

भेलामा पुर्व पञ्चदेखि  पुर्वमन्त्री टेकनारायण राजबंशीलगाएत राजतन्त्र समर्थकहरुको सहभागिता रहेको थियो ।