११ कार्तिक २०८३, बुधबार

भूकम्पपीडित यसरी बन्दैछन् मालामाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Maoist-Centerकाठमाडौं, ८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित जनतालाई राहत स्वरूप थप एक लाख रुपियाँ दिने तयारी गरिएको बताएका छन् ।

यसको विषयमा दातृ निकायसँग छलफल भइसकेको उनले बताए । गोरखा पत्र दैनिकले समाचार छापेको छ ।

यसअघि सरकारले घर बनाउन पहिलो किस्ता स्वरूप दुई लाख दिने निर्णय गरेको थियो । त्यसमा थप रकम दिने प्रधानमन्त्रीले उद्घोष गरेका हुन् ।

पीडितलाई उक्त रकम ४५ दिनभित्र उपलब्ध गराउने काम तीव्रताका साथ भइरहेको बताएका छन् ।

मङ्गलबारसम्म एक लाख २० हजारलाई पहिलो किस्ताको दुई लाख रुपियाँ हस्तान्तरण भइसकेको प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले पीडितका लागि अर्को थप दुई लाख सस्तो ऋणको रूपमा दिनेबारे पनि पहल भइरहेको बताएका छन् ।