१९ कार्तिक २०८३, बिहिबार

युवक बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ७ भदौ । बैतडीको गोकुलेश्वरस्थित चौसेरा नजिकबाट चौलानी नदीमा एक युवक हामफाली बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दार्चुला रानीशिखर–५ का १८ वर्षीय रमेश ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गोकुलेश्वरस्थित हरि नाथले सञ्चालन गरेको भाग्य विद्या न्यु चौलानी वाइन सेन्टरमा काम गर्दै आइरहेका ठगुन्नालाई दिनभरि बिक्रीवाट प्राप्त भएको रकम पसल सञ्चालकले मागेपछि पसल पछाडि छ लिएर आउँछु भन्दै नजिकै रहेको चमेलिया नदीमा हाम फालेको बताइएको छ । ठगुन्नाले सोमबार राति १० बजे नदीमा हाम फालेको सञ्चालकले प्रहरीलाई बताएको हो ।

बेपत्ता युवकको खोजी कार्य जारी रहेको तथा घटनावारे थप अनुसन्धान पनि भइरहेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भीमबहादुर मल्लले जानकारी दिनुभयो । रासस