१९ कार्तिक २०८३, बिहिबार

क्यानडामा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । क्यानडामा एग्रिकल्चरमा रोजगार लगाईदिने भन्दै ठगी गर्ने युवक राईलाई प्रहरीले कलंकीबाट सोमबार पक्राउ गरेको छ ।

क्यानडामा २ लाख १० हजार तलबमा पठाईदिन्छु भन्दै पत्रपत्रिकामा समेत विज्ञापन प्रकाशन गरी विभिन्न आश्वासन दिएर प्रति व्यक्ति १२ देखि १६ लाख रुपैया लिने गरेका थिए ।

एग्रिकल्चरमा जागिर लगाईदिने युवक राईले ढकेन्द्र निरौलाबाट १३ लाख, सुजन श्रेष्ठ, तिर्थलाल श्रेष्ठ, सुदर्शन थापा, टंक तमाङ, शम्भु घिमिरे र अनिल कुमार लामाबाट १४ लाख ५० हजार गरी जम्मा २७ लाख ५० हजार लिएको थियो ।

वसुन्धरास्थित द वर्ल्ड एण्ड मेमोरियल एजुकेशन  कन्सल्टेन्सी प्राईभेट लिमिटेड मार्फत पठाउने भनेका थिए । सो पश्चात ढकेन्द्र निरौलालाई नक्कली भिसा समेत तयार गर्न लगाई ११ मे मा नेपाल बाट फिलिपिन्समा युवक राईले नै बोलाएर एउटा लजमा राखि अलपत्र छाडेर भागेका थिए ।

पीडित ढकेन्द्रले नेपाल फर्कि  यस महाशाखामा दिएको उजुरीका आधारमा छानविन गर्दा, शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा पुर्व तयारी कक्षा जस्ता पुर्व तयारी कार्यक्रमहरु संचालन गर्ने उद्देश्य राखी दर्ता भएका संस्थाले रोजगारीको लागी विदेश पठाई दिने भनी पिडितहरूलाई झुक्याई, प्रलोभनमा पारी ठगी गरेको बुझिन आएकोले उक्त कन्सल्टेन्सीका संचालक युवक राईको यस महाशाखाको निरन्तरको अनुसन्धान पश्चात खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागी मंगलबार महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।

साथै उक्त कन्सल्टेन्सीले धेरै व्यक्तिहरूलाई त्यसरी ठगी गरेको हुनसक्ने देखिएकोले उक्त विषयमा समेत अनुसन्धान भईरहेको महानगरिय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।