काठमाडौ, ९ भदौ । नेकपा– माओवादी सम्बद्ध मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघ मुल इकाई कमिटीले केही दिन यता कान्तिपुर पब्लिकेशनको विक्रि वितरणमा गरेको अवरोध हटाई विक्रि वितरण सहज गर्न र उपयुक्त विकल्प खोज्न पत्रकार सम्बद्ध सस्थाहरुले आग्रह गरेका छन् ।
सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस चौतारी, रिपोर्टर्स क्लब नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघका नेतृत्वले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस यूनियनका पूर्व सभापति मुरारी कुमार शर्मा, प्रेस चौतारीका महासचिव माधव नेपाल, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य र क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष दिपक मैनालीले संयुक्त रुपमा यस्तो आग्रह गरेका हुन् ।
कान्तिपुर पब्लिकेशनका प्रकाशनहरुको विक्रि वितरणमा कुनै किसिमको बाह्य अवरोध गर्न नहुने उनीहरुले धारणा राखे ।
पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले मजदुरहरुले श्रमजीवि पत्रकार ऐनका विषयहरुलाई कार्यान्वयन गर्नु पर्ने भन्दै राखेको मागहरु जायज भए पनि मागलाई उठान पब्लिकेशनको वितरणलाई नै बन्द गर्ने शैली जायज नभएको दाबी गर्नुभयो ।
‘माग पुरा गराउने शैली अराजक भयो,’ विष्टले भन्नुभयो, ‘पत्रपत्रिकाको विक्रि विरतरणमा बाह्य अवरोध गर्ने आन्दोलनको शैली भत्र्सना योग्यछ । पत्रिका विक्रि वितरणमा गरिएको अवरोध तत्काल हटाउनुपर्छ ।’
उहाँले आन्दोलनको शैली तत्काल परिवर्तन गरेर सबै ट्रेड यूनियनलाई साथ लिएर टेबलमा बार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभयो । श्रमजीवि पत्रकारहरुको मागलाई ओझेलमा पार्ने गरि मालिकहरुले दिइरहेको अभिव्यक्तिको पनि उहाँले भत्र्सना गर्नुभयो । विष्टले मालिकहरुले दिएको अभिव्यक्ति खेद जनक भएको बताउनुभयो ।
‘श्रमजीवी पत्रकारहरुको मुद्यालाई ओझेलमा पार्ने गरि मालिकहरुले अभिव्यक्ति दिएका छन् । त्यसको घोर भत्र्सना गर्दछौ,’ उहाँले भन्नुभयो ।
नेपाल प्रेस यूनियनका पूर्व सभापति मुरारीकुमार शर्माले पत्रकारहरु हरेक पब्लिकेशनमा समस्यामा रहेको उल्लेख गर्दै कान्तिपुर पब्लिकेसनका मजदुरहरुले उठाएको माग जायज भएको बताउनुभयो ।
उहाँले कान्तिपुर उदाहरण मात्र भएको तर समस्या सबै पब्लिकेशनमा रहेको दावी गर्दै पत्रकारहरुलाई पारिश्रमिक दिन नसक्ने पब्लिकेशनले प्रकाशन बन्द गर्नु पर्ने धारणा राख्नुभयो । क
शर्माले वितरण नै रोकेर आन्दोलन गर्ने शैली सहि नभएकोले अब आन्दोलनकारी, मालिक र सरकारवीचको त्रिपक्षीय वार्ताबाट समाधान खोज्नु पर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले मजदुरहरुले अखवारको वितरणमा रोक लगाउने र मालिकहरुले श्रमजीविको मागलाई लात हान्ने दुबै काम तत्काल रोकेर जायजमाग पुरा गराउनु पर्ने बताउनुभयो ।
उहाँले सरकार, पत्रकार र मालिकहरुको त्रिपक्षीय वार्ताबाट समास्याको समाधान खोज्नु पर्ने भन्दै मालिकहरुले पत्रकार महासंघ बाहेकका सञ्चार संस्थाहरु अवैध भएको भनि दिएको अभिब्यक्तिको भत्र्सना गर्नुभयो ।
‘लोकतन्त्रमा संघ संगठन खोल्न पाउने अधिकार छ । त्यसैले यस्ता खालका अभिव्यक्ति हामीलाई स्विकार्य हुँदैन्,’ नेपालले भन्नुभयो, ‘पत्रकारहरुले पत्रपत्रिका वितरणमा अवरोध गर्नु पनि राम्रो होइन ।’
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कान्तिपुर पब्लिकेशनका सामाग्री विक्रि वितरण र मुद्रणमा अवरोध गर्न नहुने भन्दै तत्काल सिहज विक्री वितरणको वातावरण सिर्जना गराउनुपर्ने बताउनुभयो ।
धमलाले पत्रपत्रिका विक्रि वितरण गर्न बाह्य अवरोध गर्न नहुने भन्दै तत्काल वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले आन्दोलनकारीहरुको माग जायज भए पनि उत्तेजनापूर्वक रुपमा गरिएको आन्दोलनको शैली उचित नभएको भन्दै सबै ट्रेड यूनियनहरुसँग समन्वय गरेर अघि बढ्न सझाव दिनुभयो ।
क्रान्तिकारी पत्रकार महासंघ (नेकपा–माओवादी निकट) का उपाध्यक्ष दिपक मैनालीले मजदुर र पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धी माग पुरा गरेर पत्रिकालाई सुचारु गर्नु पर्ने भन्दै आन्दोलनको स्वरुप जस्तो सुकै पनि हुन सक्ने तर्क गर्नुभयो ।















प्रतिक्रिया