१ कार्तिक २०८३, आइतबार

क्यानाडेली प्रधानमन्त्रीको चीन भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Canadian PM

बेइजिङ, ७ भदौ । क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ चीनको भ्रमणमा जानुहुने भएको छ । उहाँले यही अगष्ट ३० देखि चीनको भ्रमण गर्न लाग्नुभएको समाचारमा जनाइएको छ ।

चीनमा हुन लागेको जि२०को सम्मेलनको अवसर पारेर उहाँले चीनको भ्रमण गर्न लाग्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले यही अगष्ट ३० देखि सेप्टेम्बर ६ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा उहाँ चीनको भ्रमणमा जान लाग्नुभएको समाचारमा जनाइएको छ ।

उहाँ गत महिनाको नोभेम्बरको अन्तिममा क्यानाडाको प्रधानमन्त्री भएपछि यो नै पहिलो चीन भ्रमण हो ।

उहाँको भ्रमणका बारेमा विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन । रासस/सिन्ह्वा