१९ कार्तिक २०८३, बिहिबार

चालक लाइसेन्स लिन कीर्ते निरोगिताको प्रमाण पत्र

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jumla– मानदत्त रावल

जुम्ला, ७ भदौ । चालु आ.व.०७३/०७४ को सुरुमै कर्णाली यातायात व्यवस्था कार्यालय जुम्लाबाट चालक अनुमति पत्र लिन कीर्ते निरोगिताको प्रमाण पत्र पेश गरेको पाइएको छ ।

सवारी चालक अनुमति पत्र लिनेको आबेदनमा संलग्न राखिएको निरोगिताको प्रमाण पत्रमा डा. मधु चौधरीको नाम, (एम.बि.बि.एस.) बंगलादेशबाट प्राप्त गरेको योग्यता, हस्ताक्षर र नेपाल मेडिकल काउन्सिल नं. १६१४८ स्पष्ट उल्लेख छ ।

यतिबेला डा.मधु यतिबेला जुम्लामा छैनन् । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर निरेश थापामगरले डा.मधु ५ महिना अघि प्रतिष्ठान छोडर गइसकेको बताए ।

डा.चौधरीसँग फोन कल गर्दा उनले चैत महिनामा नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छोडेर अहिले ताप्लेजुङ्गको शाक्य हेल्थ क्लिनिकमा काम गरिरहेको बताए ।