काठमाडौं, ७ भदौ । नेपाल विद्यार्थी संघको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भदौ ९ गते विहीबार बस्ने भएको छ । नेविसंघको ११ औं महाधिवेशनले नैनसिंह महरको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको थियो ।
भदौ ९ गते बिहीबार नै नेविसंघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रमाणपत्र बुझेलगत्तै संघको पहिलो केन्द्रीय समिति बैठक बस्नेछ । सोही दिन नेविसंघको निवर्तमान केन्द्रीय समितिले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नवनिर्वाचित समितिलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।












प्रतिक्रिया