११ कार्तिक २०८३, बुधबार

यी हुन् कांग्रेसबाट सरकारमा जाने अनुहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deuba-assumes-Nepali-Congress-presidencyकाठमाडौं, ७ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भएको दुई सातापछि कांग्रेसले आफ्नो तर्फबाट एक दर्जनलाई मन्त्रीमा पठाउने अन्तिम तयारी गरेको छ ।

कांग्रेसमा मन्त्रीका आकांक्षीको सख्या बढेपछि संसदीय दलको नेतासमेत रहका पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार संसदीय दलको बैठकमार्फत सरकारमा जानेको चयन गर्न सैद्धान्तिक सहमति लिने भएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तत्काल सरकारमा सहभागी नहुने भएपछि कांग्रेसले १३ वटा मन्त्रालय पाउने भएको हो । यसअघि नै कांग्रेसले विमलेन्द्र निधिलाई उपप्रधानमन्त्रीमा र रमेश लेखकलाई मन्त्रीमा पठाइसकेको छ ।

१३ वटा मन्त्रालयमध्ये कांग्रेसले गृहमन्त्रालयको जिम्मेवारीसहित पार्टी पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई उपप्रधानमन्त्रीमा पठाएपछि पूर्वसहमहामन्त्री अजुननरसिंह केसीले मन्त्री पदको सपथ लिन अश्विकार गरेको थिए ।

सरकारमा जाने अनुहारमा अर्जुननरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, बालकृष्ण खाँडमध्ये तीन जना, फरमुल्लाह मन्सुर र अमरेसकुमार सिंह दुईमध्ये एक, भीष्मराज आङदम्बे, जीवनबहादुर शाही र मीन विश्वकर्मा सभापति देउवाकै गुटबाट पर्ने सम्भावना छ ।

मन्सुर, सिंह, आङदम्वे, शाही र विश्वकर्मामध्ये दुई जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै, गत १३ औं महाधिवेसनमा सभापतिमा पराजित नेता रामचन्द्र पौडेलको सिफारिसमा कोषाध्यक्ष सीतादेवी यादव, डा. शेखर कोइराला, कमला पन्त र नवीन्द्रराज जोशीमध्ये एक, आनन्दप्रसाद ढुंगाना तथा दीपक गिरी र राजन केसीमध्ये कुनै एक राज्यमन्त्री भएर सरकारमा जाँदै छन् ।

त्यस्तै, १३ औं महाधिवेशनमा सभापतिमा पराजित कृष्णप्रसाद सिटौलाको प्यानलबाट मन्त्रीमा गगन थापा, राज्यमन्त्री (क्याबिनेट स्तरीय) सुधीरकुमार शिवाकोटीको नाम सिफारिस गरिएको छ ।

राज्यमन्त्रीमा भने राजु खनाल, तारामान गुरुङ र अमृतलाल राजवंशीमध्ये एक जना हुने सम्भावना छ ।

संसदीय दलको बैठक मगलबार बसेर सभापति देउवाले सबै प्रदेश र जातीय तथा क्षेत्रीय सन्तुलन बनाउँदै सरकारमा नयाँ अनुहारलाई प्राथमिकता दिन लागेकी हुन् ।

अर्जुननरसिंह केसीले शिक्षा मन्त्रालय लिन अश्विकार गरेमा केन्द्रीय सदस्य एवं सांसद अम्विका बस्नेतको सम्भावना छ । त्यस्तै, दाङकी पार्वती डिसी चौधरी, सुशीला चौधरी र झापाका केशवकुमार बुढाथोकीले पनि मन्त्री पाउनैपर्ने माग गरेका छन् ।

मन्त्रीको माग दाबी गरे पनि देउवाले ज्ञानेन्द्रबहादुर कार्की र डा. प्रकाशशरण महतलाई अहिले सरकारमा नजान आग्रह गर्ने भएका छन् ।

जसअनुसार कार्कीलाई महामन्त्री वा सहमहामन्त्री, प्रकाशशरण महतलाई पार्टी प्रवक्ता वा संसदीय दलको प्रमुख सचेतक बनाउने विकल्प दिँदै छन् ।

त्यस्तै, मन्त्रीको आकांक्षी बढेपछि उनले खाँडलाई आगामी सरकारमा राम्रो र आकर्षक मन्त्रालय दिने प्रस्ताव गर्ने भएका छन् ।

कांग्रेसको तर्फबाट अब ११ जनालाई मात्र क्याबिनेट मन्त्री–राज्यमन्त्रीमा पठाउन पाउने कोटा छ ।

जसअनुसार पौडेल, सिटौला र प्रभावशाली नेता खुमबहादुर खड्का समूहलाई क्रमशः ५ जना, दुई जना र एक जना सरकारमा पठाउनुपर्ने बाध्यता सभापति देउवालाई छ ।

यसरी आठजना विरोधी खेमाकालाई कोटा छुट्याएपछि अब देउवासँग तीन मन्त्रालय मात्र बाँकी छन् । देउवाले राज्यमन्त्रीमा आफ्नो समूहवबट तीन, पौडेल समूहबाट दुई र सिटौला समूहबाट एक जनालाई राज्यमन्त्री बनाउने योजना बनाएका छन् ।