११ कार्तिक २०८३, बुधबार

अमेरिकाको भीषा लागेका सर्वसाधारणलाई डलर छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US-dollarकाठमाडौं, ७ भदौ । बूढानीलकण्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन् ।

भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बैंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापिएको छ ।

डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् ।

चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ ।

खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् ।

डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज ।

बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको संख्या दिनप्रतिदिन बढ्दैगइरहेको छ ।

आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् ।

आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको बैंकहरुले बताएका छन् ।