काठमाडौं, ६ भदौ । उर्जामन्त्री जनार्दन शर्माको ठाडो आदेशमा लामो समयदेखि महसुल नबुझाउने ग्राहको बिजुली धमाधम काटिन थालेको छ । उनको कदमलाई कतिले स्वागत पनि गरेका छन् ।
शर्मा मन्त्री नियुक्त भएलगत्तै उनले बक्यौता रकम नबुझाउनेको बिजुली काट्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका थिए । मन्त्रीकै निर्देशनपछि पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह बस्दै आएको महेन्द्र मन्जिलमा बिजुली काटिएको छ । जून निर्णय उनका लागि आत्मघाती जस्तै भयो । र २४ घण्टा पनि टिकेन् ।
तर, उनै मन्त्री शर्मा समेत संस्थापक सदस्य रहेको बालाजुस्थित जनमैत्री अस्पतालले अहिलेसम्म बाँकी बक्यौता रकम नतिरेको पाईएको छ । उक्त अस्पतालको ०७३ साल बैशाखस्म्म झण्डै ८२ लाख रुपैयाँ महशुल उठेको छ । तर पटक–पटक यसबारेमा ताकेदा गर्दासमेत अस्पतालले कुनै चासो देखाएको छैन । हाल उक्त बाँकी महशुल रकम जरिवानासहित १ करोड १ लाख ७६ हजार पुगेको छ ।
मन्त्री शर्माको समेत नातेदार रहेका कृष्णप्रसाद शर्मा अहिले उक्त अस्पतालका प्रमुख छन् । के मन्त्री शर्माले अब उक्त अस्पतालको महशुल रकम असुली गर्न सक्लान त ? यो प्रश्न आम जनताको मनमा खेलिरहेको छ ।













प्रतिक्रिया