१९ कार्तिक २०८३, बिहिबार

झापामा देखापर्यो नयाँ रोग, तुरुन्तै ज्यान लिनसक्छ

48k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhapa_nepal-map

विराटनगर, ६ भदौ । पूर्वाञ्चलमा पहिलो पल्ट ब्रुसोसिस अर्थात् ब्रुसिला एबोरटस रोगको बिरामी फेला परेको छ ।

पाल्तु जनावरबाट सर्ने सो रोग झापाका एक व्यक्तिमा देखिएको विराटनगरस्थित लाइफ गार्ड अस्पतालले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बिरामीलाई कडा ज्वरो आउने, बान्ता हुने, बेहोस हुने र क्रमिक रुपमा कलेजो, मुटु बिग्रँदै गएर मृत्यु हुने सम्भावना रहेको उपचारका संलग्न डा अस्मितानन्द ठाकुरले जानकारी गराउनुभयो । गम्भीर अवस्थामा रहेका रोगीको रगत परीक्षणबाट सो रोग पुष्टि भएको उहाँले बताउनुभयो ।

अचेतावस्थामा भर्ना भएका बिरामी एक साता भेन्टिलेटर राखेर रोगको पहिचान गरी उपचार गरेपछि यतिखेर बोल्न सक्ने, खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् । गाईगोरु र खसीबाख्राको गोबर र दिसाबाट सर्ने सो रोग खासगरी दक्षिण अमेरिका र युरोपका मुलुकका देखिने गरिएको अस्पतालका अध्यक्ष डा कैलाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस