१९ कार्तिक २०८३, बिहिबार

नक्कली प्रहरी कोटश्वरबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ भदौ । आफूलाई नेपाल प्रहरीको सिभलि घुमुवा हुँ भनी पैसा माग्दै गरेका काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर एसओएस मार्ग बस्ने रौतहट बिश्रामपुर–५ घर भएका २१ बर्षीय सम्सेर महतलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महतले आइतबार राति कैलाली टिकापुर– ९ घर भई हाल सहयोगीनगर बस्ने २७ बर्षीय बिकाश रावल र बारा निजगढ घर भएका २६ बर्षीय राकेश न्यौपानेलाई ठगी गर्ने उद्देश्यले नक्कली संचार (खेलौना जस्तो देखिने ) सेट देखाई पैसा माग्दै गरेको अवस्थामा पीडितहरुले समातेर प्रहरी प्रभाग कोटश्वरबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई बुझाएका थिए ।

उनको साथबाट प्रहरीकोे नक्कली सेट १ थान समेत बरामद गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।