१९ कार्तिक २०८३, बिहिबार

लोकमानविरुद्ध अर्काे उजुरी दर्ता, छिट्टै एक्शन लिने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman Singh Karki

काठमाडौं, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सम्पत्ति विवरण दोस्रो पटक माग गर्दा पनि निवेदन दर्ता गर्न अस्विकार गरेपछि विवेकशील नेपाली दलले कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गरेको छ ।

सुचनाको हक सम्बन्धित अधिकारको उपयोग गर्दै विवेकशील नेपालीले लोकमान सिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै अख्तियार मुख्यालय अगाडी दबाब मुलक कार्यक्रम चलाउँदै आएको थियो ।

सुचनाको हक सम्बन्धि एन २०६४ अनुसार सार्वजनिक पद धारण गरेका कुनै व्यक्तिले नागरिकहरुले मागेको खण्डमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्दछ । अख्तियारले प्रमुख आयुक्तको सम्पत्ति विवरण सार्वजनिक गर्नुको साटो, हरेक पटक सम्पत्ति विवरण माग गर्न जाने अभियानता तथा विवेकशील नेपालीका समर्थकहरु माथि दुर्व्यबहार तथा गिरफ्तारी गर्दै आइरहेको छ ।

देशमा सुशासनको लागि मार्ग दर्शक बन्नु पर्ने संवैधानिक निकाय आफैले आफ्ना प्रमुखको सम्पत्ति विवरण सार्वजनिक नगर्नुले संस्थाकै विश्वसियानाता तथा प्रतिष्ठामा ठुलो प्रश्न उठाएको छ ।

राजनीतिक दलहरु तथा सार्वजनिक पद धारण गरेका व्यक्त्तिहरुको आर्थिक पारदर्शिता अबको मुद्दा भएको हुदा सम्पत्ति विवरण सार्वजनिक गर्ने अभियानलाई विवेकशील नेपाली दलले राष्ट्रव्यापी अभियानको रुपमा अगाडी बढाउने भएको छ ।

आयोगले लोकमानमाथि छिट्टै एक्शन लिने जवाफ दिएको विवेकशील दलका शशीविक्रम कार्कीले जानकारी दिए ।