१९ कार्तिक २०८३, बिहिबार

किर्ते गर्ने भारतीयको नागरिकता खारेज गर्न प्रचण्ड सरकारले मानेन्!

12.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagarikta

कलैया, ६ भदौ । जिल्ला प्रशासन कार्यालय बारामा पटक-पटक भारतीय नागरिकले नक्कली नेपाली नागरिकता लिएकामा सो खारेजीका लागि चारपटक उजुरी दिँदा पनि जिल्ला प्रशासन कार्यालयले कारबाही नगरेकामा रामएकवाल यादवले गुनासो व्यक्त गरेका छन् ।

यसअघिको ओली सरकारका पालामा धमाधम नक्कली भारतीय नागरिकको नागरिकता खारेज गरेपनि प्रचण्ड नेतृत्वको सरकार आएपनि स्थानीय प्रशासनले समेत कारवाहीका लागि सिफारिस गर्न मानेको छैन् ।

बारा दक्षिण झिप्केही गाविस–५ बस्ने रामएकवाल यादवले सोही स्थान बस्दै आएका भारत विहार पूर्वी चम्पारण सिकराहना चिरैया ग्राम पञ्चायत राज दिवही धरहरवा टोल मदहा–१२ बस्ने राजदेव रायको छोरा प्रभाराय भन्ने प्रभा यादवले २०६३ फागुन २ गते ३३३०५८÷१०४ नंको जन्मसिद्ध नेपाली नागरिकताको प्रमाणपत्र लिएको बताइएको छ ।

निजको नागरिकता खारेजीका लागि जिल्ला प्रशासन कार्यालय बारामा स–प्रमाणसहित २०७० मङ्सिर २९ गते २०७२ वैशाख १३ गते २०७२ असार ३० गते र २०७३ भदौ १ गते पनि उजुरी दिएको कुरा उजुरीकर्ता यादवले बताए । रासस