पाल्पा, ९ भदौ । संविधानसभाको दोस्रो निर्वाचनमा सहभागी नहुनु भएका नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यले जारी संविधानसभाबाट बनेको संविधान नमान्ने चेतावनी दिनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले सोमबार सरमुकाम तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानसभाबाट बनेको संविधान आफ्नो पार्टीलाई मान्य नहुने कढा टिप्पणी दिनुभएको हो ।
उहाँले संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिकसभाको मागप्रति दलहरुले अटेर गरेमा आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो ।
संविधानसभाबाट जनताको संविधान नबन्ने, राष्ट्रिय स्वाधिनता खतरामा पर्ने र जनजिविकालाई सम्बोधन गर्न नसक्ने ृउहाँको तर्क थियो ।















प्रतिक्रिया