११ कार्तिक २०८३, बुधबार

भाटभटेनीभित्र दुई ठूला व्यापारीवीच यसरी भयो मुक्का हानाहान

16.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मीनबहादुर गुरुङ
मीनबहादुर गुरुङ

काठमाडौं, ६ भदौ । भाटभटेनी सुरपरमार्केटका एक्ला मालिक मीनबहादुर गुरुङ र बैकका लगानीकर्ता श्रवण गोयलबीच हात हालाहाल भएको छ ।

गुरुङ र गोयलबीच आपसी लेनदेनमा कुरा नमिलेपछि सो घटना भएको हो । आर्थिक दैनिकले समाचार छापेको छ ।

बालुवाटारमा रहेको भाटभटेनीमा लेनदेनको हिसाब मिलाउन बसेको बैठकमा कुरा नमिलेको हो ।

सो बैठकमा गुरुङ र गोयलका साथै डा शोभकान्त ढकाल र शिवरतन सारडालको पनि सहभागिता थियो ।

मीनबहादुर गुरुङले बेचेको जग्गा गोयललाई नदिएपछि विवाद सुरु भएको थियो ।

गुरुङले आठ वर्षअघि स्टोर रहेको ठाउँमा रहेको २४ रोपनी जग्गा गोयललाई बेच्न सहमति भएको र त्यसबापत १८ रोपनी जमिन दिएका थिए । तर, ६ रोपनी जमिन दिन बाँकी रहेको छ ।

गुरुङले उक्त सार्वजनिक जमिन पहुँचको आधारमा नक्कली मोही हक बनाएर कब्जा गरेका थिए ।

उनीहरुबीच सुपरमार्केटका कर्मचारीकै अगाडि धक्कामुक्का भएको थियो ।