कञ्चनपुर, ९ भदौ । भारततर्फ लैजाँदै गरेका दुई बालिकाको इलाका प्रहरी कार्यालय गडडाचौकी कञ्चनपुरले उद्धार गरेको छ ।
नुवाकोट रातविस गाविस– ८ की १४ वर्षकी लक्ष्मी नेपाली र सोही गाविस –४ की ९ वर्षकी विष्णुमाया नेपालीलाई भारततर्फ लैजाँदै गरेका बेला प्रहरीले आइतबार साँझ सीमा नाकाबाट उद्धार गरेको हो ।
विवाह गर्ने प्रलोभनमा पारेर दुवै बालिकालाई भारततर्फ लग्ने कार्यमा संलग्न नुवाकोट रातविस गाविसका २२ वर्षका पुस्कर नेपाली र २६ वर्षका कुमार नेपालीलाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
अलगअलग मोटरसाइकलमा दुवै बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा बालिकाको उद्धार गरिएको उहाँले बताउनुभयो ।
उद्धार गरिएका दुवै बालिकालाई माइती नेपाल कञ्चनपुरको आवधिक गृहमा राखिएको र बालिकालाई प्रलोभनमा पार्ने दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा पठाइएको छ । रासस















प्रतिक्रिया