१ कार्तिक २०८३, आइतबार

सार्वजनिक स्थलमा भाषण गर्दागर्दै सिङ्गापुरका प्रधानमन्त्री बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hsien loonसिङ्गापुर, ६ भदौ । सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङ आइतबार एक सार्वजनिक समारोहमा भाषण गर्दागर्दै बिरामी भई लड्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले राष्ट्रिय दिवसका अवसरमा आइतबार सम्बोधन गर्दै हुनुहुन्थ्यो । सो क्रममा उहाँ अकस्मात ढल्नुभएको थियो ।

उहाँका सहयोगीहरूले उहाँलाई कार्यक्रमस्थलबाटै तत्कालै अस्पताल पु¥याएका थिए । तर उहाँको अवस्था भने गम्भीर नरहेको जानकारी चिकित्सकहरूले दिएका छन् ।

राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको सो सम्बोधन टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको थियो ।

ली सन् २००४ देखि सत्तामा हुनुहुन्छ । उहाँ सिङ्गापुरका संस्थापक नेता ली क्वान यीका छोरा हुनुहुन्छ । – एएफपी