१ कार्तिक २०८३, आइतबार

आईएसले मोसुलमा ४० जनालाई टाउको छिनाएर हत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saudi Arabia behind insurgency in Iraq: Al-Manarमोसुल, ६ भदौ । आतङ्ककारी समूह इस्लामिक स्टेट्स (आईएस) ले इराकको मोसुलमा ४० जना सर्वसाधारणको टाउको छिनाएर हत्या गरेको समाचार छ ।

उनीहरूले उनीहरूका विरुद्ध षड्यन्त्र गरेको भन्ने आरोपमा उनीहरूको टाउको छिनाएर हत्या गरेको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।

इराकको निनभेह प्रान्तको राजधानी मोसुलका ती सर्वसाधारणले आईएसको कानुनको उल्लङ्घन गरेको र उनीहरूका विरुद्धमा षड्यन्त्र गरेको आरोप आईएसले लगाएका छन् ।

आईएसका लडाकूले हत्या गरिएका ती शव मोसुलमा रहेको एक अस्पतालमा बुझाएका थिए । शवसँगै मारिएका ती व्यक्तिको नामावली पनि उनीहरूले बुझाएको सो अस्पताल स्रोतले जानकारी दिएको छ ।

मारिएका व्यक्तिमध्ये अधिकांशको टाउको छिनाइएको छ भने बाँकीको पनि टाउकोमा नै गोली हानिएको छ ।

आइतबार सो अस्पतालले सो जानकारी दिएको हो । यस विषयमा सरकारको कुनै जानकारी आएको छैन । –सिन्ह्वा