काठमाडौं, ५ भदौ । सूर्योदय शैक्षिक फाउण्डेसनअन्तर्गत सञ्चालित एसएबी पब्लिक स्कुलका विद्यार्थीले बाढीपीडितहरूका लागि राहत संकलन गरेर वितरण गरेका छन् ।
सूर्योदयले आफ्नो स्थापना कालदेखि नै विद्यार्थीलाई भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न सक्षम होऊन् अनि राष्ट्रले सोहि अनुसारको असल पुस्ताप्राप्त गर्न सकोस भन्ने उदेश्य राखेर विभिन्न क्लवहरुको गठनका साथै सक्रिय सहभागितामा जोड दिदै आएको छ । सूर्योदयका अध्यक्ष समेत रहेका प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर के.सी.ले बालबालिकाको विशेष प्रतिभाका लागि हौसाला दिँदै पनि आएका छन् ।
फलस्वरुप गत महिनामा नेपालका विभिन्न जिल्लाहरुमा बाढीबाट ग्रस्त
बाढीपीडितहरुलाई थोरै भएपनि सहयोग गर्न सकियोस् भन्दै एसएबी इन्टरयाक्ट क्लबले विद्यार्थी, शिक्षक तथा अन्य विभिन्न श्रोतहरुबाट करिब २२,००० रुपैयाँ संकलन गरी बाढीपीडितलाई आवश्यक घरायसी सामानहरु (लुगा, साबुन, झुल, पियूष, स्यानेटेरी प्याड) जिल्ला इन्टरयाक्ट परिषद ३२९२ नेपाल – भुटानका निर्देशक अभिनव शाक्य प्रधानलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरेको छ ।
निर्देशक अभिनव शाक्य प्रधानले सकंलित उक्त सामग्रीहरु विभिन्न्न संघसंस्थाहरुबाट एकत्रित गरि पहिलो चरणमा बाढीग्रस्त बाजुरा, प्यूठान तथा सप्तरीका वितरण गरिने जानकारी दिनुभयो ।
यसका साथै इन्टरयाक्ट क्लवमा सक्रिय रुपले लागेर भोलिका दिनमा पनि असल समाजसेवी तयार गर्न पहलमात्र यस विद्यालयले गरेको छैन, भोलिका लागि नैतिकवान तथा आदर्श पुस्ता निर्माण गर्ने संकल्प पनि यस विद्यालयले लिएको कुरा प्रिन्सिपल मार्क विवर्स वताउनु भयो ।
यस्ता सानासाना हातहरुबाटनै समाजसेवामा लाग्ने विचार बालक मस्तिष्कमा पार्न सकेको खण्डमा पक्कै पनि भोलि सुन्दर नेपाल निर्माण गर्न सकिने कुरा एसएबी इन्टरयाक्ट क्लबलका संयोजक रुचि भुसालले बताउनु भएको छ ।












प्रतिक्रिया