३० आश्विन २०८३, शुक्रबार

आज १४९ औं मोती जयन्ती मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????काठमाडौं, ९ भदौ । नेपाली साहित्यका चर्चित व्यक्तित्व मोतीराम भट्टको १४९ औं जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण औंसीका दिनमा जन्मेका मोतीरामलाई राष्ट्रिय विभूति र युवक कविका रुपमा पनि चिनिन्छ ।

उनको  विसं १९५३ भाद्र कृष्ण औंसीकै दिन निधन भएको थियो । ३० वर्षको कलिलो उमेरमै उनको मृत्यु भए पनि उनले  नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान गरेका छन् ।

आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउने र  नेपालमा छापाखाना  भित्र्याउने श्रेय पनि उनलाई नै जान्छ ।

नेपाली साहित्यमा शृङ्गार रसलाई उपयोग गरी साहित्यिक रचनामा योगदान पुर्‍याएका मोतीरामले नेपाली गजल साहित्यको श्रीवृद्धिमा समेत विशेष भूमिका खेलेका थिए ।