१ कार्तिक २०८३, आइतबार

विवाह समारोहमा बम विस्फोट,५० जनाको मृत्यु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TURKEY-ATTACKS-KURDS

घाजियान्टेप टर्की, ५ भदौ । टर्कीको घाजियान्टेप सहरमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ  ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्

तर यो आत्मघाती बम आक्रमणकारी इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गर्नुभएको छ ।

घाजियान्टेपका गभर्नर अलि येर्लिकायाद्वारा प्रकाशित एक विज्ञप्तिमा विवाह समारोह लक्षित यस बिभत्स आतङ्ककारी आक्रमणमा परी मारिनेको सङ्ख्या ५० पुगेको पुष्टि गर्नुभएको छ ।

सुरुमा उहाँले यस आक्रमणमा परी मारिने सङ्ख्या कम्तीका ३० हुृनुको साथै अन्य ९४ जना घाइते भएका जानकारी दिनु भएको थियो । रासस÷एएफपी