१ कार्तिक २०८३, शनिबार

युरोपमा नेपाली कामदार माग, न्युनतम तलब डेढ लाख

53.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vilnius_city-Lithuania

काठमाडौं, ५ भदौ । पहिलोपटक युरोपमा नेपाली कामदारको माग भएको छ ।

यसअघि खाडी मुलुकहरुमा मात्रै कामदार पठाउने गरेकोमा यस वर्षदेखि सरकारले युरोपेली मुलुक लिथुएनियामा नेपाली कामदार पठाउन गृहकार्य थालेको छ । लिथुएनियाबाट कामदार माग भएपछि म्यानपावरमार्फत सरकारले संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको हो ।

लिथुएनियाले निर्माण, औद्योगिक तथा सेवा क्षेत्रका उद्योगहरुका लागि पहिलो चरणमा १२ सय कामदार मागेको छ ।

युरोपियन देश लिथुएनिया रसियाबाट स्वतन्त्र भएको देश हो, जहाँको प्रतिव्यक्ति आय २८ हजार डलरभन्दा माथि छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले लिथुएनियामा समान्य मजदुरले पनि १३ सय युरो अर्थात झण्डै मासिक डेढ लाख रुपैयाँ भन्दा बढीसम्म आम्दानी गर्न सक्ने जानकारी दिए ।

लिथुएनियाबाट ईंटा भट्टामा काम गर्ने मजदुरदेखि दक्ष डाक्टर, नर्स, इञ्जिनियर लगायतको पनि माग आएको छ ।

सरकारले सबैपक्षको अध्ययन गरि मन्त्रिपरिषदमार्फत निर्णय गरेर लिथुएनियामा म्यानपावरहरुलाई कामदार पठाउन छिट्टै अनुमति दिने जनाएको छ ।