१ कार्तिक २०८३, आइतबार

चीनले गर्यो चमत्कार, बनायो संसारकै सबैभन्दा उँचो सिसाको पुल (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-glass-bridge-4

काठमाडौं, ५ साउन । चीनले हुनान प्रान्तमा निर्माण गरेको संसारकै सबैभन्दा उँचो र लामो सिसाको पुल शनिबारबाट सर्वसाधारणका लागि सञ्चालनमा ल्याएको छ ।

१ हजार ४१० फुट (४३० मिटर) लामो यो पुल हुनानमा चमचाचिए दर्रासम्म फैलिएको छ । यो पुल जमिनदेखि ३०० मिटर माथि झुण्डिएको छ । मानिसहरु ९९ ट्रिपल लेयर्ड चश्माका माध्यमबाट देख्न सक्छन् ।

यो सिसाको पुललाई थिननमेन माउन्टेन नेशनल पार्कमा दुई सिधा चट्टानमा झुण्ड्याइएको छ । यो पुल हलिउड फिल्म अवतारको प्रेरणामा बनाइएको बताइएको छ । यो पुल ३.४ मिलियन डलरमा निर्माण भएको हो ।

६ मिटर चौडा यो पुलको डिजाइन इजरायली आर्किटेक्ट हइम दोतनले गरेका थिए । बीबीसीका अनुसार यसमा आर्किटेक्चर र कन्स्ट्रक्शनको वर्ल्ड रेकर्ड बनेको छ । यो पुल कति सुरक्षित छ भनेर जून महिनादेखि जाँच गरिएको थियो । पूर्ण सुरक्षित पाइएपछि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । यो पुलबाट दैनिक ८ हजार मानिस आवतजावत गर्न सक्छन् ।

China-glass-bridge China-glass-bridge-1 China-glass-bridge-2 China-glass-bridge-3  China-glass-bridge-5 China-glass-bridge-6 China-glass-bridge-7 China-glass-bridge-8 China-glass-bridge-9