२ कार्तिक २०८३, सोमबार

सानिमा बैंकद्धारा भिसा डोमेस्टिक क्रेडिट कार्ड जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Credit-card-sanima

काठमाडौं, ५ साउन । सानिमा बैंकले ग्राहकहरुको थप सेवा र सुबिधाको लागि भिसा डोमेस्टिक क्रेडिट कार्ड (VISA Domestic Credit Card) प्रयोगमा ल्याएको छ ।

नेपाल तथा भारतका भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने छ । सिमित अवधिका लागि व्यापारिक केन्द्रहरुमा यस कार्ड प्रयोग गर्दा खरिद रकमको १० प्रतिशत (अधिकतम रु ५०० सम्म) रकम फिर्ता हुने योजना रहेको छ । यो योजना यही असोज २०७३ सम्म जारि भएका क्रेडिट कार्डले २०७३ कार्तिक मसान्तसम्म व्यापारिक केन्द्रहरुमा गरेका कारोबारहरुमा लागु हुनेछ ।

यसअघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डोमेस्टिक डेबिट, डलर डेबिट तथा डलर ट्राभल कार्डहरु संचालनमा ल्याइसकेको छ । साथै निकट भविष्यमै डलर क्रेडिट कार्ड जारी गर्ने योजना रहेको छ ।

बैंकले हाल आफ्ना सम्पूर्ण शाखाहरु तथा अन्य ब्यपारीक स्थानहरुमा गरि ४७ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।