२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसका जिल्ला सभापतिहरू भेला काठमाडौंमा, स्थानीय निकाय पुनर्संरचनामा सुझाव दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher Bahadur Deubaकाठमाडौं, ५ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणको सन्दर्भमा सुझाव संकलनका लागि आज काठमाडौंमा जिल्ला सभापतिहरूको दुई दिने भेला बोलाएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा आज र भोलि दुई दिन चल्ने भेलामा जिल्लासभापतिहरूले सीमा निर्धारणका विषयमा सुझाव दिनेछन् । भेलाको अहिले केही समयपछि सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

भेलामा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू र जिल्ला सभापतिहरूको सहभागिता रहनेछ ।