१ कार्तिक २०८३, आइतबार

यमनी विद्रोहीको समर्थनमा लाखौँ मानिस सडकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saleh_1923464cसाना (यमन), ५ भदौ । यमनी विद्रोही सिया हुठी समूह र उनीहरुको नेता पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहको समर्थनमा यमनमा शनिबार लाखौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।

हुठी विद्रोही तथा सालेहका शुभचिन्तकले गत महिना गठन गरेको एकीकृत शासकीय परिषद्को पक्षमा विद्रोहीद्वारा नियन्त्रित यमनी राजधानी सानामा प्रदर्शन गरिएको छ ।

परिषद्को गठन गरिएपछि विश्व समुदायद्वारा मान्यता प्राप्त सरकार र संयुक्त राष्ट्रसंघले तत्कालै परिषद्लाई नस्वीकार्ने बताइएका थिए ।

करिब तीन दशक लामो समय सत्ता सम्हालेका सालेह सन् २०१२ मा विपक्षीको आन्दोलनका क्रममा आफ्नै दरबारमा आक्रमण गरिएपछि घाइते अवस्थामा यमनी राजधानी सानाबाट सुरक्षाका निम्ती दक्षिणी क्षेत्रमा पलायन हुन बाध्य हुनुभएको थियो । –एएफपी